२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

माओवादी केन्द्रको नाममा भएका निर्णयहरु नयाँ पार्टीको पूँजी


११२८५ पाठक संख्या
  • २०८२ कार्तिक २०, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानिखोला गाउंपालिका अध्यक्ष इन्द्र वहादुर थिङ (छिन्ताङ) ले पार्टी एकताको विषयलाई लिएर आफ्नो तर्क राख्दै विगत लामो समयसम्म नेकपा माओवादी (केन्द्र) ले गरेको निर्णयहरु नेपाली कम्युनिष्ट पार्टीको पूँजी भएको वताउनु भयो ।

    पार्टी एकता स्थलबाटै आम नेपाली जनतामाझ संदेश प्रदान गर्दै भन्नुभयो —माओवादी केन्द्रमा आबद्ध सम्पूर्ण सदस्यहरू अब नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएका छन् । पार्टीभित्र गरिएको निर्णयअनुसार माओवादी केन्द्रको नामबाट अहिलेसम्म गरिएका सबै निर्णय, नीति तथा सम्पत्ति अब नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीको पूँजीका रूपमा रहनेछन् ।

    घोषणामा भनिएको छ, “आजको दिनबाट हाम्रो सम्पूर्ण वैचारिक, राजनीतिक र संगठनात्मक कार्यहरू नेपाली कम्युनिस्ट पार्टी अन्तर्गत सञ्चालन हुनेछन्। त्यसर्थ माओवादी केन्द्रका सम्पूर्ण कमरेडहरू स्वतः नयाँ पार्टीका सदस्य भएका छन्।”
    पार्टीले माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक र वैचारिक पहिचानलाई नयाँ पार्टीभित्र समाहित गरिएको जनाएको छ। पार्टीका अनुसार यही वैचारिक दिशाले नेपाली कम्युनिस्ट पार्टीलाई एकीकृत र शक्तिशाली बनाउनेछ ।

    घोषणामा भनिएको छ, “मुलुकको अग्रगामी विकास र समाजवादी रूपान्तरणका लागि इतिहासले दिएको आवश्यकताको गहिरो बोधका साथ नेपाली कम्युनिस्ट पार्टी निर्माण भएको हो। देशका सबै कम्युनिस्ट घटकहरूलाई एउटै मोर्चामा ल्याउने उद्देश्यले यो एकता गरिएको हो।” पार्टीले आगामी दिनमा आफ्नो राजनीतिक अभियानलाई नयाँ ढंगले निरन्तरता दिँदै जिम्मेवारीपूर्वक अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार