२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

पूर्व–आइजीपी खापुङ स्थान हदमा, विदेश भ्रमणमा पनि रोक


७७४९ पाठक संख्या
  • २०८२ कार्तिक २७, बिहिबार मा प्रकाशित ८ महिना अघि
  • काठमाडौँ, कात्तिक २७ गते । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि गठित आयोगले नेपाल प्रहरीका हालै सेवाबाट अवकाश पाउनुभएका महानिरीक्षक (आइजीपी) चन्द्र कुबेर खापुङलाई स्थान हद लगाउने निर्णय गरेको छ।

    आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा खापुङलाई सो घटनासम्बन्धी जाँचबुझका लागि स्थान हद गरिएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुनाले आजैदेखि लागु हुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बिना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गर्न निर्णय गरिएको छ।”

    यसअघि आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक सहित पाँच जनालाई पनि स्थान हद लगाउने निर्णय गरिसकेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार