२०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

रेस्टुरेन्टमा बिल विवादपछि हंगामा, एक जना पक्राउ


१११९ पाठक संख्या
  • २०८३ अषाढ १६, मंगलबार मा प्रकाशित १४ घण्टा अघि
  • काठमाडौं,  काठमाडौंको बुढानीलकण्ठस्थित एक रेस्टुरेन्टमा बिल नतिरी सञ्चालकलाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा मनाङको नासो गाउँपालिका–६ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका–१० बालुवाखानी बस्दै आएका २८ वर्षीय संजित गुरुङ रहेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार असार १३ गते साँझ बुढानीलकण्ठस्थित रैथाने भान्छाघरमा खाना खाएपछि करिब २५ हजार रुपैयाँको बिल नतिरी होहल्ला गर्दै रेस्टुरेन्ट सञ्चालकलाई धम्की दिएका थिए। उनले आक्रमणको प्रयाससमेत गरेपछि रेस्टुरेन्ट सञ्चालकले प्रहरीलाई खबर गरेका थिए।

    घटनास्थलमा पुगेको प्रहरी टोलीसँग समेत गुरुङले धक्कामुक्की गरेको आरोप लागेको प्रहरीले जनाएको छ। त्यसपछि उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गुरुङविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। हाल उनलाई प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार