काभ्रे । अविरल वर्षासँगै आएको बाढीले काभ्रेको धुलिखेलमा एक जनाको ज्यान गएको छ।
धुलिखेल नगरपालिका–९ ठूलिटारका ५७ वर्षीय हिरालाल गौतमलाई शुक्रबार बिहान डाँफेखोलाले बगाएको हो।
प्रहरीका अनुसार बिहान करिब ९ बजे धुलिखेल–९ कल्छेस्थित डाँफेखोलाले गौतमलाई बगाएको खबर प्राप्त भएको थियो। खोजी गर्ने क्रममा बगेको स्थानबाट करिब डेढ किलोमिटर तल धुलिखेल–११ स्थित डाँफेखोलाको बगरछेउमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेका बेला घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको

प्रतिक्रिया दिनुहोस