२०८३ आश्विन १५, बिहिबार | Thu, 01, Oct, 2026

बसको डिक्कीबाट १५ बोरा घडीसहित भन्सार छलीका सामान बरामद


१८२१ पाठक संख्या
  • २०८३ आश्विन १५, बिहिबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौँ । प्रहरीले चन्द्रागिरि नगरपालिका–२ स्थित सुरुङमार्गको चेकपोस्टबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको सामान बरामद गरेको छ।

    बिहीबार बिहान वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा.प्र.०३–००१ ख ३४९३ नम्बरको यात्रुवाहक बसको डिक्की चेकजाँच गर्दा बिल–बिजक नभएका १५ बोरा विभिन्न कम्पनीका घडी बरामद गरिएको हो।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार बसबाट ४ कार्टुन अमूल चिज, ३ कार्टुन अमूल क्रिम र १ कार्टुन मिल्किस्ट बिस्कुटसमेत फेला परेको छ।

    प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँचका क्रममा ती सामान फेला पारेपछि नियन्त्रणमा लिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑