२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना दुईको मृत्यु


१५९३९ पाठक संख्या
  • २०८२ अषाढ २४, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिललाको नमोवुद्ध नगरपालिका वडा नं २ वि.पि राजमार्ग स्थित सेल्फी डाँडामा सवारी दुर्घटना हुदा दुईको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज (मंगलवार) साँझ ७÷३० बजेको समयमा बि.पि.राजमार्गमा नमोबुद्धबाट भकुण्डेबेशी तर्फ जाँदै गरेको बा.४ ख ७१ नम्बर को सगुन बिद्या मन्दिरको स्कुल बसले बिपरित दिशाबाट आउदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाईकललाई ठककर दिएको थियो ।

    बसको ठक्करबाट मोटरसाईकल चालक जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका वडा न.२ बस्ने बर्ष २३ को पासाङ तामाङ र सोहि मोटरसाईकलको पछाडी सवार गर्ने बस्ने नमोबुद्ध नगरपालिका वडा न.२ कै बर्ष अ.२२ को बिजय तामाङ गम्भिर घाईते भई उपचारको लागि धुलीखेल अस्पताल पठाईएकोमा साँझ ८÷३५ बजे मृत घोषणा गरेको छ ।

    मोटरसाईकललाई ठक्कर दिने स्कुल बस प्रहरीको नियन्त्रणमा रहेको भने वसको चालक फरार रहेको प्रहरी चौकी भकुन्डेबेशी बाट प्र.ना.नि.गोपाल खड्का को कमाण्डमा ४ जना र जि.प्र.का.काभ्रेबाट प्र.नि.मेहेङ्गी ल्हामु तामाङको कमाण्डमा १० जनाको टोलि खटी गएको, बस चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार