२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी अव्बल छन्‌‚ शिक्षकलाई हौसला प्रदान गर्दा भविष्यको कर्णधारको उदय सुनिश्चित रहन्छ —कोइराला


१३७२९ पाठक संख्या
  • २०८२ श्रावण १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको शिक्षा शाखा प्रमुख उदय प्रसाद कोइरालाले संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भन्दा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी हरेक कुरामा अव्बल रहेको बताउनु भयो ।

    पछिल्लो समयमा पाँचखाल नगरको शिक्षाको अवस्थाको बारेमा कुराकानी गर्ने क्रममा शिक्षा शाखा प्रमुख कोइरालाले उक्त धारणा राख्नु भएको हो । उहाँले थप्नुभयो ०८१ को एस.इइ को नतिजालाई नियाल्दा विगत वर्षहरूको तुलनामा शिक्षामा धेरै सुधार आएको बताउनु भयो । पाँचखालमा रहेको १३ माध्यमिक (सामुदायिक) विद्यालय मध्य पाँचखाल वडा नं १३ मा रहेको श्रीराम माध्यमिक विद्यालय र पाँचखाल वडा नं ५ मा रहेको गणेश माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् भने संस्थागत (नीजि) तर्फ पाँचखाल वडा नं ६ मा रहेको गुठी द्वारा सञ्चालन भएको नवप्रतिभा माध्यमिक विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको छ ।

    बागमती प्रदेशको मुल्यांकन अनुसार पाँचखाल नगरपालिका वडा नं १२ मा रहेको आजाद माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा अगाडि बढेको छ । जुन विद्यालयमा ९३५ जना विद्यार्थीहरू रहेका छन् । त्यसैगरी पाँचखाल नगरपालिका वडा नं ३ मा रहेको सर्वमङ्गला माध्यमिक विद्यालयमा ५८३ विद्यार्थीहरू रहेका छन् । जुन विद्यालयमा क्याम्पस समेत सञ्चालनमा रहेको छ ।

    कक्षा ११/१२ र क्याम्पसमा क्याम्पस सञ्चालन एउटै समय हुँदा केहिहदमा यित्ज्याक जस्तो देखिन्छ । कक्षा ११/१२ र क्याम्पस क्याम्पस सञ्चालन एउटै समयमा हुँदा क्याम्पसमा वा कक्षा ११/१२ कुनै पिरिएड खाली हुँदा यित्ज्याक देखिएको छ । सो समस्या समाधानको लागि पहल गर्दै गरेका छौं । बुहारीहरूलाई उच्च शिक्षा हासिल गर्न सहज रहोस् भनी सर्वमङ्गला छोरी बुहारी छात्र वृत्ति कार्यक्रम लागू गरिएको छ । जसको लागि पाँचखाल नगरले बजेटको व्यवस्था गरेको छ ।

    सरकारले निजामती कर्मचारीलाई र शिक्षकलाई विभेद गरेको छ जसको कारण केही समस्या नभएको हैन । शिक्षकरुको हौसलाको लागि कर्मचारी र शिक्षकमा समान हुन जरुरी रहन्छ । शिक्षक पेसामा २० बर्ष सम्म कार्य गरिरहँदा पनि कुनै वडुवा हुदैन । तर निजामतीमा भने २० वर्षमा दुई तीन तह बढुवा भइसकेको हुन्छ । झन स्थानीय तहमा प्रत्येक ५ वर्षमा बढुवाको नाउमा तह वृद्धि भएको पाइन्छ । यो शिक्षकमा पनि लागू हुन जरुरी रहन्छ । सरकारले पक्षपाती ढङ्गको व्यवहार गरेपनि शिक्षकहरूले निकै मेहनत गर्दै विद्यार्थीको भविष्य निर्माणमा योगदान दिदैँ अगाडि बढेका छन् ।

    कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गर्दै कुनैपनि प्रकारको कुलतमा लाग्न नदिनको लागि विभिन्न उपायहरु लागू गरेका छौं । कुलत रहित अनुशासित विद्यार्थीको लागि किशोर किशोरी शिक्षा ‚ योग शिक्षा लगाएतको तरिकाहरु अपनाएका छौँ । शिक्षक र पाँचखाल शिक्षा शाखाले निगरानि मात्र नभई विद्यार्थीहरुको सहयोगिको रुपमा अगाडि बढेका छौं । मुलुकमा संघियता लागुभएसंगै स्थानीय सरकार गठन भएपछि विद्यालय र स्थानीय सरकारको दुरी नजिकियको छ । जसको कारण सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको भविष्य सुनौलो रहेको छ ।

    कुराकानीको क्रममा शिक्षा शाखा प्रमुख कोइरालाले थप्नुभयो —अन्यत्रको तुलनामा पाँचखालमा गुणस्तरिय शिक्षा प्रदानको लागि बिभिन्न तरिकाहरु अपनाएका छौं । संख्यात्मकलाई भन्दा गुणात्मकलाई प्राथमिकता दिएका छौं । ०७५ सालमा पाँचखालमा ३८ विद्यालयहरु थिए ‚ हाल आएर १० वटा विद्यालयलाई स्थगन गर्दै २८ कायम गरेका छौं । सो २८ विद्यालयमा ५ हजार २४ जना विद्यार्थीहरू अध्ययन गर्दैछन् । त्यसैगरी आ.व.०८१/०८२ सम्ममा संस्थागतमा ३ हजार ५१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पाँचखालमा विद्यालय मर्च गरेका छैनौ स्थगन मात्रै गरेका हौं ‚ आवश्यकताको आधारमा विद्यालय सञ्चालन गर्नुपर्छ ।

    पाँचखालमा प्रविधिमैत्रि शिक्षाको सुरुवात गरिएको छ । सिक्दै कमाउंदै भन्ने अभियान सुरुगरेका छौं । जस अनुसार श्रीराम माध्यमिक विद्यालय र महाँकाल माध्यमिक विद्यालयमा माहुरी पालन सिकाउने गरेका छौं । जसबाट मिहनत कति गर्नुपर्ने ? संगठन साथै साथिभाईसंग मिलेर बस्ने साथै अनुशासन सिकाउन समेत मद्धत पुगेको छ । यस्तो सिक्दै कमाउदै कार्यक्रम भुगोलको आधारमा कुन हावापानीमा के कस्ता कार्य गर्ने भन्दै क्रमस सवै विद्यालयमा लागू गर्दै जाने छौं । पाँचखालको नवप्रतिभा माध्यमिक विद्यालय समेत १३ विद्यालयमा (सेकेन्ड माई टिचर) लागू गर्दै भिजिवेल माफर्त हेरेर र सुनेर प्रमुख विषयहरु अध्ययन गर्ने वातावरण मिलाएका छौं ।

    शिक्षा मन्त्रालय तथा विभागले पाँचखालमा रहेका विद्यार्थीको आधारमा ३३ जना शिक्षक दरबन्दि वडि भयो भन्ने भनाई रहेको छ । तर हामिले सो तर्कलाई मानि रहेका छैनौ । एस.ईई को नतिजा नियाल्दा गणित तथा विज्ञानमा धेरै विद्यार्थीहरुमा एन.जि आएको छ । जसको कारण सो बिषय अध्यापन गराउने दक्ष शिक्षकको व्यवस्थाको लागि निजि स्रोतमा शिक्षकहरुको व्यवस्था गर्न वाध्य भएका छौ ।

    सरकारले नि:शुल्क शिक्षा घोषणा गरेको छ ‚ यतिखेरको आवश्यकता भनेको प्रविधिमैत्रि शिक्षा हो जसको लागि सरकारले बजेटको व्यवस्था नगर्दा विद्यालयहरुले थोर वहुत सामान्य रुपमा रकम उठाएको पाइन्छ । जुन रकमबाट विद्यार्थीहरूलाई श्रम र प्रविधिमा जोड्दै गएको पाएको छु । शिक्षकहरु राष्ट्रसेवक हुन् भन्ने बिषयमा सरकारले ध्यान दिन जरुरी रहन्छ तव मात्रै अव्बल राष्ट्र निर्माता भविष्यको कर्णधारको उदय सुनिश्चित रहन्छ ।शिक्षा शाखा प्रमुख कोइरालाले भन्नुभयो ।

    यस्तो भन्नु हुन्छ शिक्षा शाखा प्रमुख कोईराला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार