२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

अस्फाल्ट व्याचिङ प्लान्टको विरुद्धमा उत्रिए पाँचखालवासी


१३७५५ पाठक संख्या
  • २०८२ श्रावण १८, आईतबार मा प्रकाशित १२ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ८ होक्सेमा बन्न लागेको अस्फाल्ट व्याचिङ प्लान्टको विरुद्धमा स्थानीय उत्रिएका छन् ।

    बन्दन भगवती निर्माण सेवा प्रा.लि. द्वारा स्थापना तथा सञ्चालनको लागि प्रारम्भिक वातावरणीय परिक्षण आइ.इइ प्रतिवेदन तयारीको सिलसिलामा सरोकारवालाहरूसँग सुझाव सङ्कलनको निमित्त गरिएको सार्वजनिक सुनुवाइको क्रममा स्थानीयले विरोध गरेका हुन् ।

    दलीय प्रतिनिधिहरू ‚ जनप्रतिनिधिहरू साथै सरोकारवालाहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा वातावरणलाई प्रदुषण गराउने खालको उद्योग आवश्यक नभएको भन्दै स्थानीयले विरोध जनाएका थिए । अधिकांश सहभागीहरूको भनाई “उद्योग विरोधी हैनौ तर उद्योग सञ्चालनको नाउमा वातावरणमा असर पुर्याउन हुँदैन ।” उद्योग चाहिन्छ तर उद्योग स्थापना गर्दै गर्दा मानव स्वास्थ्यमा असर पुर्याउने ढङ्गको उद्योग आवश्यक नभएको जनगुनासो आएको थियो ।

    सहभागीहरूले कानुन सम्मत ढङ्गको प्रकृया पुरा नगरी ‚ सरोकारवाला स्थानियसंग समन्वय नगरी उद्योग सञ्चालनको लागि आवश्यक सामाग्री जुटाई सकेको भन्दै विरोध गरेका थिए । सहभागीहरूको गुनासोका विषयमा उद्योग सञ्चालन गर्ने तयारी गर्ने पक्षले जग्गा भाडामा लिएकोले सामानहरू स्टोर गरेको भन्ने भनाई थियो । वातावरण मैत्री ढङ्गबाट उद्योग सञ्चालन गर्न नसकेमा उद्योग सञ्चालन नगर्ने उद्योगिहरुको तर्क थियो ।

    कानुन सम्वत् ‚ वातावरण मैत्री ढङ्गबाट उद्योग सञ्चालन गर्छौ ‚ कानुन लाई मिचेर वा वातावरणमा प्रतिकुल असर पर्नेगरी उद्योग सञ्चालन गर्दैनौ । उद्योगको आसपासको क्षेत्रमा असर पर्नेगरि उद्योग सञ्चालन हुदैन ‚ आइ.इइ रिपोर्ट सकारात्मक नभएमा हामिले स्टोर गर्न ल्याएको सामाग्री लान्छौँ । स्थानियहरुसंग दुस्मनी गरेर उद्योग सञ्चालन गर्नु छैन । सहकार्य र समझदारिता स्थानियको खुसी साथै हातेमालो आधारमा मात्रै उद्योग सञ्चालन हुन्छ । वन्दन भगवती निर्माण सेवा प्रा.लि र भरोसा नेपाल प्रा.लिका प्रतिनिधिहरूको भनाई रह्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार