२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

अस्फाल्ट प्लान्ट चाहिन्छ र चाहिदैन भन्ने बिचमा घम्साघम्सी‚ नेपालमा उद्योग अभावकै कारण विदेश भासिनु परेको हो —खरेल


१६०४३ पाठक संख्या
  • २०८२ भाद्र ३, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ८ होक्सेमा सञ्चालनको प्रकृयामा रहेको उद्योग (अस्फाल्ट व्याचिङ प्लान्ट) सञ्चालन गर्नुपर्छ भन्ने र गर्न नहुने भन्नेको बिचमा निकै घम्साघम्सी चलेको छ ।

    बन्दन भगवती निर्माण सेवा प्रा.लि.ले उद्योग सञ्चालनको प्रकृया अनुसार पहिलोपटक साउन १८ गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना भएको थियो । स्थानियहरु साथै नेपाली कागे्रस बाहेकका दलहरूले समेत वातावरणलाई असर पु¥याउँछ भन्दै विरोध गरेपछि सो सुनुवाइ कार्यक्रम स्थगित भएको थियो ।

    पहिलो पटकको सार्वजनिक सुनवाई कार्यक्रम स्थगित भएपछि बन्दन भगवती निर्माण सेवा प्रा.लि.ले साउन २८ गते बुधवार धुलिखेल स्थित होटल सारथीमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगले वातावरणमा कुनै असर नपु¥याउने भन्ने विषयमा जानकारी गराइएको थियो । नयाँ प्रविधि युक्त उक्त उद्योगले वातावरणमा कुनै असर नगर्ने भन्दै प्रमाण पेस भएको थियो । दोस्रो सार्वजनिक सुनुवाई भदौ २ गते पाँचखाल स्थित सेजको सभाहलमा सुरु हुँदै गर्दा उद्योगिको तफर्बाट आफ्नो प्रस्तुतिहरू प्रस्तुत गर्दै गर्दा विवाद उत्पन्न भएको थियो ।

    उद्योग सञ्चालनको लागि नगरपालिकालाई बोधार्थ दिदैँ सम्बन्धित वडामा निवेदन दर्ता भएको थियो । उद्योग सञ्चालन गर्न दिने नदिने भन्ने विषयमा वडा वा नगरपालिकाले अनुमति दिनुको बदला नगर कार्यपालिकाको निर्णयको आधारमा प्रकृया अगाडि बढाउने भन्दै साउन ८ गते सो निवेदन उपरको छलफलको लागि कार्यपालिकामा पेस गरेको नगर स्रोतले जनाएको छ । स्रोतका अनुसार कार्यपालिकामा रहेका सम्पूर्ण सदस्यहरूले वातावरण मैत्री ढङ्गको उद्योग सञ्चालनको लागि आइ इइ को प्रकृया अगाडि बढाउन दिने निर्णय भएको थियो ।

    साउन ८ गतेको नगर कार्यपालिका निर्णयको आधारमा प्रकृया अगागि बढाउँदै गर्दा कार्यपालिकाको निर्णयमा हस्ताक्षर गर्नेहरु नै सार्वजनिक सुनुवाइ कार्यक्रममा विरोधमा उत्रिँदै गर्दा थप समस्या भएको हो । कार्यपालिकाको निर्णयमा पाँचखालमा बेरोजगारी घटाउन सहज हुन्छ भन्दै हौसिनेहरू सार्वजनिक सुनुवाइ गर्न नदिने पक्षमा उत्रिदै दुई ढुङ्गा टेकेर यात्रा गर्दै खोलो तर्न खोजे जस्तै गरि दोहोरो भूमिका खेल्नुलाई पाँचखालवासि मसिनोसँग नियाल्दै गरेको अवस्था रहेको छ । दोस्रो सार्वजनिक सुनुवाइमा उपस्थित एक स्थानीयले भन्नुभयो “जता काफल पाक्यो उतै चरी नाच्यो ” यस्तो व्यवहार जनप्रतिनिधिले गर्नु सान्दर्भिक रहन्न । यदि उद्योगले वातावरणमा असर पुर्याउँछ भने किन कार्यपालिकाले निर्णय गर्यो ? आफै कार्यपालिकामा निर्णय गर्ने आफै विरोधमा उत्रने ! स्थानियको गुनासो ।

    भदौ २ गते दोस्रो पटकको सुनुवाइ कार्यक्रममा निकै ठुलो संख्यामा स्थानियको उपस्थिति रहेको थियो । इट्टा भट्टाको कारण वातावरणमा निकै असर पुर्याएर आजित भएका स्थानियहरु सञ्चालनको तयारीमा रहेको उद्योगले समेत वातावरणमा असर पु¥याउँछ भन्ने विषयमा स—संकित हुनु नौलो हैन । कार्यक्रममा उपस्थित भएका मध्य धेरैले उद्योग कस्तो र कुन तरिकाको हो बुझ्न चाहेका थिए भने केही स्थानीय उद्योगको नामै लिन चाहैदैन थिए । कतिपयले उद्योग सञ्चालन हुनु वा नहुनुलाई प्राथमिकता भन्दा ०८४ को निर्वाचनलाई लक्षीत गर्दै आ—आफ्नै तालमा डम्फु ड्याम ड्याम !

    सार्वजनिक सुनुवाइ कार्यक्रममा पक्ष र विपक्षको चर्काचर्की भएपछि जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमले कार्यक्रमको समापान गर्नुभएको थियो । समापनको क्रममा समन्वय प्रमुख गौतमले भन्नुभयो —एक आपसमा झगडा गर्दै नाराजुलुस गर्नु पाँचखालको स्वभाव हैन । अव नाराजुल्स एकले अर्कालाई तछाड मछाड हैन ‚ यसरी अराजकता तफर् लाग्ने भन्दा पनि छलफलको माध्यमबाट निस्कर्ष निकाल्ने तफर् लाग्नुपर्दछ । अशल पाँचखाल वासिको पहिचान दिने गरि ठुलो संख्यामा नभइ थोरैको संख्यामा वसेर टुंङ्गाउने तर्फ अगाडि वढ्नुहोला ।

    सुनुवाई कार्यक्रममा भएको विवादको बिषयलाई लिएर पाँचखाल नगर प्रमुख महेश खरेलले पाँचखालमा वेरोजगारीमा कमी ल्याउने उद्देस्यले उद्योग सञ्चालन गर्न खोज्दा अराजकता मच्चाउने हो भने पाँचखालमा उद्योग सञ्चालनको लागि कुन उद्योगी आउछ भनि प्रस्न गर्नुभयो । मुलुकमा उद्योगको कमीकै कारण नेपाली युवाहरु विदेश भासिनु परेको भन्दै नेपाल सरकारको नीति अनुसार उद्योगलाई स्वागत गर्ने बताउनु भयो । पाँचखालमा सञ्चालन प्रकृयामा रहेको सेज र हरित महिला औद्योगिक ग्राम सहज ढंगबाट सञ्चालन गर्दा ५ हजारले रोजगारि पाउने बताउनु भयो । उद्योगिलाई अपमान गर्नेहो भने सेज र हरित महिलामा कस्ले उद्योग सञ्चालन गर्न आउला र ५ हजारले रोजगारी पाउलान् ? उद्योग सञ्चालनको नाउमा वातावरण प्रदुषण गर्न पाईदैन तर वातावरण मैत्री ढङ्गको उद्योग खोल्छु भन्नेलाई २०/२५ जना भाईसाथि मिलेर तर्साउन खोज्नुले सकारात्मक संदेश नदिने वताउनु भयो ।

    प्लान्ट स्थापनाबारे कम्पनीको स्पष्टिकरण

    वन्दन भगवती निर्माण सेवा प्रा.लिका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले प्लान्ट स्विस प्रविधिमा आधारित युरोपेली मापदण्डअनुसार निर्माण भएको र वातावरणमैत्री हुने र उद्योगमा प्रयोग गर्न लागिएको मेसिन विश्वमै १५० वर्षअघि स्थापित अम्मान कम्पनीको भएको र धुवा तथा धुलो नियन्त्रणका लागि स्वचालित कम्प्युटराइज प्रणाली जडान गरिएको जानकारी गराउनु भयो ।

    पन्तका अनुसार‚ मेसिनभित्र २५४ वर्गमिटर क्षेत्रफलका १६८ वटा फिल्टरबाट प्रशोधन गरी धुवा बाहिर निस्कन नदिने व्यवस्था गरिएको छ । “यो प्लान्टले पुरानो शैलीको जस्तो बिटुमिन र गिट्टी पोल्दा हुने प्रदूषण गर्दैन । मेसिनभित्रै धुलो हिलोको रूपमा निस्कन्छ‚ जुन पुनः प्रयोग गर्न सकिन्छ‚” । उक्त प्रविधिमा ब्लु स्मोक ट्रीटमेन्ट सिस्टम‚ भिजुअल रिडक्सन डिभाइस‚ एडभान्स फिल्ट्रेसन सिस्टमजस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ ।

    कम्पनीका अनुसार‚ सूर्यविनायक–साँगा–धुलिखेल सडक तथा आगामी धुलिखेल–खावा सडक निर्माणलाई लक्षित गर्दै प्लान्ट स्थापना गर्न लागिएको हो । ३० रोपनी जग्गामा स्थापना हुने प्लान्ट दुई प्रमुख सडक आयोजना सम्पन्न भएपछि अन्यत्र सारिनेछ । यस क्रममा पुरातात्विक संरचना‚ वन–जंगल वा अन्य पूर्वाधारमा असर नपर्ने कम्पनीको दाबी छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार