२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

कर्मचारीको कारणले पनि सहकारीमा समस्या आएको हो—कायस्थ 


९१७९ पाठक संख्या
  • २०८२ भाद्र २०, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा विगत १५ वर्ष अगाडिबाट सञ्चालनमा आएको स्वेच्छा बचत तथा ऋण सहकारी संस्थाको १५ औं वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।

    पाँचखाल नगरपालिकाको हलमा आज (शुक्रवार) साधारण सभाको उद्‌घाटन गर्दै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उदयराम कायस्थले पछिल्लो समयमा सहकारीले झेल्दै आएको समस्याको बारेमा बताउनु भयो ।

    कार्यक्रमको प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कायस्थले सहकारी संस्थामा आवद्ध भएर काम गर्दै गर्दा आफ्नो पहिचान बनाउने ढङ्गको कार्य गर्न जरुरी रहने बताउनु भयो । सहकारी अभियानको क्रममा सदस्यहरूको हितको लागि कार्य गर्दै व्यक्तिगत रुपमा समेत राम्रो पहिचान कायम गर्नुपर्ने धारणा राख्नुभयो । तर पछिल्लो समयमा आएर सहकारी अभियानको विषयमा कुरा उठाउन समेत डराउनु पर्ने अवस्था भयो ।अभियानको क्रममा बजारमा काम ‚ खल्तिमा दाम र समाजमा नाम भन्दै गर्वका साथमा अगाडि बढ्दै जाने क्रममा केही सहकारी संस्थाको कारण अभियानमै ठेस पुगेको बताउनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथि कायस्थले थप्नुभयो — नीति विधि र पद्धति लाई आत्मसाथ गर्दै अगाडि नबढ्नुले सहकारी क्षेत्रमा समस्या आएको हो । वजारमा सहकारीको क्षेत्रमा समस्या नआएको हैन तर कसरी आयो भन्ने विषय प्रमुख हो । सहकारी सञ्चालकहरू ‚ कर्मचारीहरूले बडी कर्जा लिनु ‚ सञ्चालकहरूले कर्मचारीले गरेको कार्यलाई राम्रोसँग नियाल्न नसक्दा कर्मचारीले हिनामिना गर्दा सहकारीमा समस्या आउने गरेको छ । विना धितो कर्जा लगानी गर्नु ‚ लेखा तथा सुपरीवेक्षण समितिको निस्क्रियता ‚ होटवाजिमा बोनस वितरणले गने लगायतको कार्यले सहकारी क्षेत्रमा समस्या आएको हो ।

    सहकारी मजबुत हुन नीति विधि र पद्धतिलाई आत्मसाथ गर्न जरुरी रहन्छ । जस अन्तरगत सञ्चालक र कर्मचारीको बिचमा स्पष्टता साथै लेखा समितिमा सक्रियता जरुरी रहन्छ । जुन कार्य स्वेच्छा बचत तथा ऋण सहकारी संस्थामा रहेको पाय । जसले गर्दा यो सहकारी संस्थाको भविष्य उज्जल रहेको छ । सहकारीको क्षेत्रमा आएको समस्यालाई मसिनोसँग नियालेर निराकरणको मार्ग पहिल्याउनु पर्छ । प्रमुख अतिथि कायस्थले बताउनु भयो ।

    कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष ओमकार श्रेष्ठले प्रगति तथा भावी कार्ययोजनाको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी संस्थाको सचिव गणेश दनुवारले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    १ हजार ३ सय ८८ जना शेयर सदस्य रहेको संस्थामा असार मसान्तसम्म १ करोड ४३ लाख ३४ हजार ९ सय शेयर पुंजि रहेको छ । त्यसैगरी १५ करोड ९५ लाख ५१ हजार ३३० निक्षप रहेको संस्थाले १९ करोड ७८ लाख ८५ हजार ३६९ लगानी गर्न सफल भएको छ । शेयर सदस्यमा यस वर्ष २५२ जना मात्रै बृद्धि भएतापनि संस्थाले लिएको लक्ष भन्दा बडि उपलब्धि हासिल गर्न सफल रहेको छ ।

    संस्थाले सामाजिक क्षेत्रमा विभिन्न खालको योगदान गर्दै अगाडि बढ्ने क्रममा सदस्यहरूको हितको खातिर विभिन्न खाले नयाँ ढङ्गको रणनीतिक योजनाहरु अघि सारेको छ । संस्थामा आवद्ध जेष्ठ सदस्यहरूको सम्मान ‚ वाल वचतकर्ताको सम्मान ‚ उत्कृष्ट बचतकर्ता सम्मान ‚ उत्कृष्ट कर्मचारी सम्मान ‚ उत्कृष्ट व्यवसायि सम्मान ‚ संस्थामा आवद्ध शेयर सदस्यहरूको छोरा छोरीले एस इइ उतिर्ण हुनेहरुलाई सम्मान जस्ता कार्यले सवै क्षेत्रकालाई हौसला मिलेको छ । जुन कार्यहरुले गर्दा सहकारिमा आवद्ध शेयर सदस्यहरुले संस्था सामुहिक घर हो सो को संरक्षणको लागि सवै एक जुट हुनुपर्ने संकेत गर्दै अगाडि बढेका छन् ।

    संस्थाको कोषाध्यक्ष सुनिल सापकोटा द्वारा सञ्चालित उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य निराजनलाल श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा समस्या ग्रस्त सहकारीका कार्यालय प्रमुख रामेश्वर ढुंगाना ‚ शान्ति जन आदर्श सेवा केन्द्रको कार्यकारी निर्देशक शान्ति लक्ष्मी श्रेष्ठ ‚ पाँचखाल भ्यालि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष केदार लुइटेल‚ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको उपाध्यक्ष राजन कार्की‚ प्रगतिशिल वहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष केशव प्रसाद काफ्ले लगायतका बक्ताहरुले आ—आफ्नो धारणा राख्नुभएको थियो भने संस्थाको उपाध्यक्ष सुरेश दनुवारले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार