२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

सरकारको उपादेयता सकियो, तत्काल विघटन हुनुपर्छ -राप्रपा


७३०७ पाठक संख्या
  • २०८२ भाद्र २३, सोमबार मा प्रकाशित १0 महिना अघि
  • २३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तत्काल सरकार विघटन गर्न आह्वान गरेको छ ।

    सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपदेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

    ‘यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ,’ उनले भने, ‘तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।’ सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाले बताएको छ ।

    ‘शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ,’ राप्रपाले भनेको छ, ‘आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दु:खद घटनाको रूपमा लिएको छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार