२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

पाँचखाल क्षेत्रकै अव्बल सहकारी ग्रामीण महिला—उपमेयर दनुवार


१२४२९ पाठक संख्या
  • २०८२ आश्विन २५, शनिबार मा प्रकाशित ९ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका उप—मेयर सूर्य माया दनुवारले मुलुकमा यतिखेरको समयमा अराजक गतिविधि बढ्दै गएकोले सहज ढङ्गबाट हिड्ने अवस्था नभएको बताउनु भयो ।

    आज (शनिवार) पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको ३० औं वाषिर्क साधारण सभाको उद्‌घाटन गर्दै प्रमुख अतिथि उपप्रमुख दनुवारले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा उपप्रमुख दनुवारले भन्नुभयो — हिन्दुहरुको महान पर्व शुभ दिपावली एवं छड पर्व नजिकिँदो छ ‚ मुलुकको अवस्थालाई मध्यनजर राख्दै आफ्नो संस्कृतिको संरक्षण गर्नुपर्छ । हामीले हाम्रो संकृतिको संरक्षण गर्ने नाउमा तडक भडक गरेमा विकृतिले जरो गाड्न सक्ने भएकोले देखासिखी नभई क्षमता अनुसार पर्व मनाउनु पर्छ ।
    आज भन्दा ३० वर्ष अगाडि स्थापना भएको ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले नेपालकै उत्कृष्ट सहकारी संस्थाको उपाधि पाइसकेको छ । विगतमै अव्बल रहेको यस सहकारीले इतिहासलाई स्मरण गर्दै अगाडि बढ्दै गर्दा हालको अवस्थामा समेत पाँचखाल क्षेत्रकै अव्बल हुन सकेको छ । पाँचखालमा रहेको अन्य सहकारीको तुलनामा उत्कृष्ट कार्य गर्न सफल सहकारीले भावि दिनमा विगतको इतिहासलाई स्मरण गर्दै शेयर सदस्यहरूको आर्थिक अवस्था र पारिवारिक अवस्थाको मध्यनजर गर्दै अगाडि बढ्न जरुरी रहन्छ । उपप्रमुख दनुवारले भन्नुभयो ।
    कार्यक्रमको विशेष अतिथि पाँचखाल वडा नं ६ को वडा अध्यक्ष रामशरण दुलालले सहकारीको माध्यमबाट सामाजिक तथा शेयर सदस्यको हितको लागि कार्य गर्ने ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थालाई विगतमा जे जसरी साथ सहयोग गरेको थियो सो कार्यलाई निरन्तरता दिने बताउनु भयो । उहाँले थप्नुभयो पाँचखालमा रहेका सहकारी मध्य उत्कृष्ट शेयर लाभांश (१५ प्रतिशत) वितरण गर्न सक्नु निकै सकारात्मक कार्य हो । संस्थाको नीति विधि र पद्धतिलाई आत्मसाथ गर्दै अगाडि बढ्दा त्यसको परिणाम राम्रो आउँछ । राम्रो परिणाम ल्याउन सफल सहकारीलाई साथ दिनु हाम्रो कर्तव्य हो । अध्यक्ष दुलालले भन्नुभयो ।

    कार्यक्रममा प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष एवं नवप्रतिभा माध्यमिक विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले पाँचखालमा सञ्चालन भएका सहकारीमा कुनै समस्या नआउने बताउनु भयो । स्थानीय जुन जुन सहकारी सञ्चालनमा आएका छन् ति सहकारीमा कुनै समस्या नआउने हुदा ढुक्कका साथमा आर्थिक कारोबार गर्न शेयर सदस्यहरूलाई अनुरोध गर्नुभयो ।

    साधारण सभाको सभापतित्वको आशनबाट सरस्वती चिमौरियाले ग्रामीण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले हाल सम्म उपलब्धि गरेको उल्लेखनिय कार्यलाई पछ्याउंदै बर्तमान अवस्थामा नयाँ कार्यको सुरुवात गर्नुपने धारणा राख्नुभयो । कतिपय सहकारीले गरेका कुप्रवित्तिकै कारण सहकारीहरु धरापमा परेका हुन् । सहकारीको नीति ‚ विधि र पद्धतिको आधारमा अगाडि बढ्दा समस्या रहन्न । पछिल्लो समयमा कयौं सहकारीहरुले बचत समेत फिर्ता गर्न नसकेको अवस्थामा यस सहकारी संस्थाले १५ प्रतिशत लाभांश वितरण गरेको छ । शेयर सदस्यलाई आवश्यक पर्दा मनग्य कर्जा लगानि गर्न तथा कुनै सदस्यलाई बचत फिर्ता गर्नुपरेमा कुनै समस्या छैन । संस्था सवल हुनको लागि आवश्यक पर्ने संस्थालाई विश्वास गर्ने शेयर सदस्य ‚ संस्थालाई दिलो ज्यान दिएर यो मेरो कर्मथलो हो भन्दै अगाडि बढ्ने इमान्दार कर्मचारी र संस्थालाई सहि किसिमले नियमन गर्ने संञ्चालक समिति रहेकै कारण यस सहकारी अव्बल रुपमा अगाडि बढ्न सफल भएको हो । चिमौरियाले बताउनु भयो ।

    संस्थाको सल्लाहकार एवं संचारकर्मी इस्वरी राजकुमार मैनालीले ग्रामीण महिला विकास सहकारी संस्थाको वासलातको आधारमा संस्था अव्बल भएको पुस्टि भएको बताउनु भयो । उहाँले थप्नुभयो संस्थाको हालको उत्कृष्ट कार्य आगामि बर्षहरुमा समेत निरन्तर रहनुपर्ने छ । जोरपाटि माध्यमिक विद्यालयका प्रधानाध्यापक सरोज खतिवडाले संस्थाले शेयर सदस्यको हितको लागि खेल्नुपर्ने भुमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

    संस्थाको सह सचिव कुसुम दुलालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य गणेशमाया श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने संस्थाका प्रबन्धक मनोज श्रेष्ठलाई सम्मान गरेको थियो । त्यसैगरी जेष्ठ सदस्य ५० जना ‚ उत्कृष्ट बालबचत कर्ता‚ अशल ऋणि ‚ अधिकतम शेयर खरिद कर्ता लगायतलाई सम्मान गरिएको थियो ।

    संस्थामा रिक्त रहेको अध्यक्ष र उपाध्यक्ष पद उपनिर्वाचन प्रकृयाबाट पदपुर्ती गरिएको थियो । अध्यक्ष पदमा इन्दिरा गौतम र उपाध्यक्षमा रोहित कुमारी हुमागाई निर्विरोध निर्वाचित हुनुभएको थियो । नव निर्वाचित अध्यक्ष गौतमले संस्थालाई थप मजवुत पार्दै शेयर सदस्यहरूको हितको लागि निरन्तर रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार