२०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

विष्णुप्रसाद पौडेलमाथि अनुसन्धान जारी, विशेष अदालतले फेरि थप्यो हिरासत म्याद


८५९ पाठक संख्या
  • २०८३ अषाढ २९, सोमबार मा प्रकाशित १३ घण्टा अघि
  • काठमाडौं, साउन २९ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई थप अनुसन्धानका लागि विशेष अदालतले पुनः हिरासत म्याद थप गरेको छ।

    विशेष अदालतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रयोजनका लागि म्याद थपको माग गरेपछि अदालतले पाँचौं पटक थप तीन दिनको हिरासत म्याद स्वीकृत गरेको हो।

    सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले अनुसन्धानको आवश्यकतालाई मध्यनजर गर्दै म्याद थप गर्ने आदेश दिएको अदालतले जनाएको छ।

    अदालतको आदेशअनुसार आरोपी पौडेललाई थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ। अनुसन्धान पूरा नभएसम्म आवश्यक प्रमाण संकलन, बयान तथा अन्य कानुनी प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ।

    सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित यो प्रकरणमा अनुसन्धान जारी रहेकाले आगामी दिनमा थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार