२०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

पाँचखालमा दिउँसै घर फोडेर चोरी, ४ तोला सुन र रु. १ लाख २० हजार नगद गायब


६१११ पाठक संख्या
  • २०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित ९ घण्टा अघि
  • काभ्रेपलाञ्चोक, असार ३० । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६, एकता बस्तीमा मंगलबार दिउँसै घर फोडेर चोरी भएको छ।

    प्रारम्भिक जानकारीअनुसार दिउँसो करिब १ बजेदेखि ३ बजेको बीचमा घरमा कोही नभएको मौका पारेर अज्ञात व्यक्तिले घरको मूल ढोकाको ताला तोडी चोरी गरेका हुन्।

    चोरीमा परी घरधनी सेरबहादुर श्रेष्ठको करिब ४ तोला सुन तथा रु. १ लाख २० हजार नगद हराएको बताइएको छ। चोरीको घटनाबारे थाहा पाएपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।

    घटनाको सूचना प्राप्त हुनासाथ पाँचखाल प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का उठाउने, प्रमाण संकलन गर्ने तथा चोरीमा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान तथा चोरी भएका सुन–नगद बरामद गर्ने उद्देश्यले आसपासका क्षेत्रका सीसीटीभी फुटेज, स्थानीयसँग सोधपुछ तथा अन्य प्राविधिक माध्यमबाट अनुसन्धान अघि बढाएको घटनास्थलमा पुगेका स्थानिय केदार नापितले जनाएको छ।

    स्थानीयवासीले पछिल्लो समय दिउँसै घर फोडेर चोरी हुने घटना बढ्न थालेको भन्दै सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार