२०८३ भाद्र २९, सोमबार | Mon, 14, Sep, 2026

अरनिको राजमार्गमा मोटरसाइकलको ठक्कर, ७२ वर्षीय वृद्धको मृत्यु


२४७१ पाठक संख्या
  • २०८३ भाद्र २८, आईतबार मा प्रकाशित २३ घण्टा अघि
  • बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदलयात्रीको मृत्यु भएको छ। धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    बुधबार राति करिब ८ः०५ बजे बनेपा नगरपालिका–८ स्थित अरनिको राजमार्गअन्तर्गत उग्रचण्डी पेट्रोल पम्पअगाडि बा.६५ प ४८१३ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको महाभारत गाउँपालिका–६ घर भई हाल बनेपा नगरपालिका–४, नाला बस्ने २७ वर्षीय नबिन घिसिङ र पैदलयात्री दुवै घाइते भएका थिए। घाइते दुवैलाई तत्काल उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल लगिएको थियो।

    अस्पतालमा उपचारका क्रममा पैदलयात्रीको परिचय खुलेको थियो। उनी बनेपा नगरपालिका–७ का ७२ वर्षीय ज्ञानलाल मानन्धर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते मानन्धरलाई राति ९ः२५ बजे थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल रिफर गरिएको थियो।

    अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा चिकित्सकले मानन्धरलाई बिहीबार बिहान १२ः२३ बजे मृत घोषणा गरेका हुन्।

    मोटरसाइकल चालक घिसिङको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु