
२० असोज, काठमाडौं । दसैंलाई लक्षित गर्दै नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म, अर्थात् २५ असोजदेखि ८ कात्तिकसम्म ट्रेलरलगायत ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
दसैंका बेला यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक बढ्ने भएकाले यातायात व्यवस्थापन सहज बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ।
तर खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने सञ्चालनमा रोक नलगाइने भएको छ।

प्रतिक्रिया दिनुहोस