२० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन समितिका अनुसार सभापतिका लागि सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए। त्यसपछि बेलुकी करिब साढे ६ बजे गगनकुमार थापाले उम्मेदवारी मनोनयन गराए।
थापापछि किशोरसिंह राठौरले पनि सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन्। राठौर १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।
तीन जनाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा औपचारिक रूपमा अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस