२०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

दसैंमा देशभर रुट परमिट खुला


८८५ पाठक संख्या
  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित १ दिन अघि
  • २० असोज, काठमाडौं । दसैंलाई लक्षित गर्दै घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिएको छ।

    यातायात व्यवस्था विभागले सरोकारवालासँगको बैठकपछि घटस्थापना (२५ असोज) देखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो। साथै, यात्रुको चापलाई ध्यानमा राख्दै २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिएको छ।

    विभागका अनुसार सडकको विशेष प्रकृतिका कारण निश्चित आकार वा प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएका मार्गमा भने उक्त बन्देज यथावत् रहनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑