२०८३ आश्विन २०, मंगलबार | Tue, 06, Oct, 2026

दसैंमा ठूला मालवाहक सवारी बन्द


१४५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित ९ घण्टा अघि
  • २० असोज, काठमाडौं । दसैंलाई लक्षित गर्दै नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

    यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म, अर्थात् २५ असोजदेखि ८ कात्तिकसम्म ट्रेलरलगायत ठूला मालवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

    दसैंका बेला यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक बढ्ने भएकाले यातायात व्यवस्थापन सहज बनाउन यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

    तर खाद्यान्न, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने सञ्चालनमा रोक नलगाइने भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑