
काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले जारी १५औँ महाधिवेशनमा केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन्।
१२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित पन्त १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा झिनो मतान्तरले पराजित भएकी थिइन्।
पन्तले आफ्नो श्रीमान् मधु आचार्य पनि यसपटक चुनावी मैदानमा रहेकाले आफू उम्मेदवार बन्न उचित नठानेको बताएकी छन्। परिवारवादको सम्भावित आरोपबाट पार्टीलाई जोगाउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै उनले उम्मेदवारी प्रक्रियाबाट अलग रहने निर्णय गरेको स्पष्ट पारेकी छन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएकी पन्तले आफ्नो वैवाहिक जीवन पनि राजनीतिकर्मी मधु आचार्यसँग जोडिनु संयोग भएको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस