२०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

कांग्रेस सभापतिमा त्रिपक्षीय भिडन्त


४८११ पाठक संख्या
  • २०८३ आश्विन २०, मंगलबार मा प्रकाशित १ दिन अघि
  • २० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

    निर्वाचन समितिका अनुसार सभापतिका लागि सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए। त्यसपछि बेलुकी करिब साढे ६ बजे गगनकुमार थापाले उम्मेदवारी मनोनयन गराए।

    थापापछि किशोरसिंह राठौरले पनि सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन्। राठौर १४औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए।

    तीन जनाको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि प्रतिस्पर्धा औपचारिक रूपमा अघि बढेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑