२०८३ कार्तिक १५, शनिबार | Sat, 31, Oct, 2026

कारागारबाट सुरुङ खनेर ८ कैदी फरार


४१९५ पाठक संख्या
  • २०८३ कार्तिक १५, शनिबार मा प्रकाशित ७ घण्टा अघि
  • १४ कात्तिक, डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन् । शुक्रबार राति कारागारभित्र सुरुङ खनी उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

    स्रोतका अनुसार कैदीहरूले कारागारभित्रै सुरुङ खनेर फरार भएका हुन् । घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको प्रहरी टोली घटनास्थल पुगेको छ ।

    प्रहरीले घटनाको स्थलगत निरीक्षण तथा विस्तृत अनुसन्धान थालेको जनाएको छ । फरार कैदीको यकिन संख्या, उनीहरूको पहिचान र फरार हुन प्रयोग गरिएको मार्गबारे अनुसन्धान भइरहेको छ ।

    ‘अहिलेसम्म आठ जना फरार भएको भन्ने जानकारी आएको छ । डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र को–को फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला,’ स्रोतले भन्यो ।

    घटनाको वास्तविक अवस्था, कैदीहरू फरार हुन अपनाइएको तरिका तथा कारागारको सुरक्षा व्यवस्थामा भएको कमजोरीबारे अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

    यद्यपि, घटनाबारे जिल्ला कारागार प्रशासन र जिल्ला प्रहरी कार्यालय डोल्पाले अहिलेसम्म औपचारिक जानकारी सार्वजनिक गरेका छैनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑