२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

पाँचखाल नगरको सत्रौ नगरसभा सम्पन्न, ९१ करोड ४८ लाख ३४ हजार बजेट पारित


१४३७९ पाठक संख्या
  • २०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको (कृषि नगर) पाँचखाल नगरपालिकाको १७ औं नगरसभा आज (शुक्रवार) सम्पन्न भएको छ ।

    पाँचखाल नगरको प्रमुख महेश खरेलको अध्यक्षता तथा नगरको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाको उपस्थितिमा सम्पन्न नगरसभामा उपप्रमुख सुर्यमाया दनुवारले प्रस्तुत गर्नुभएको ९१ करोड ४८ लाख ३४ हजार ८०२ रुपैयाको बजेट निविवादित ढंगबाट सौहार्द पुर्ण तरिकाले पारित भएको छ ।

    उपमेयर दनुवारले प्रस्तुत गर्नुभएको बजेट प्रतिवेदनमा अनुमानित खर्च तर्फ प्रशासनिक चालु तर्फ १५ करोड , आ.व ०८१/०८२ टेन्डर तर्फको दायित्व २ करोड , आ.व ०८१/०८२ उपभोक्त समिति र अन्य समेत दायित्व ५० लाख , विपद व्यवस्थापन कोष तर्फ ३६ लाख ८८ हजार ८०२ , नगर स्तरिय आकस्मिक योजना ५० लाख , संघीय समपुरक योजना २ करोड १० लाख , प्रदेश समपुरक योजना ४ करोड २० लाख, अन्य समपुरक म्याचिङ २ करोड , आकस्मिक मर्मत सम्भार कोष १ करोड , नगरस्तरीय योजना तथा कार्यक्रम १७ करोड ९६ लाख ५० हजार , वडास्तरीय योजना तथा कार्यक्रम ५ करोड २० लाख , बिषयगत/ क्षेत्रगत/शाखागत कार्यक्रम ५ करोड ५० लाख रहेको छ । जसमा पुजिगत कार्यक्रम खर्च ३८ करोड ३३ लाख ३८ हजार ८०२ , प्रशासनिक चालु १५ करोड , शशर्त योजना/कार्यक्रम/समपुरक/विशेष तर्फ ३८ करोड १४ लाख ९६ हजार रहेको छ ।

    बजेटको स्रोत तर्फ संघिय सरकार सशर्त अनुदान २८ करोड ५२ लाख , संघिय सरकार समपुरक अनुदान पुजीगत ९० लाख , प्रदेश सरकार सशर्त अनुदान २ करोड ६७ लाख ९६ हजार, प्रदेश सरकार विशेष अनुदान ६५ लाख , प्रदेश सरकार समपुरक अनुदान पुजिगत १ करोड ८० लाख, सडक बोर्ड ४० लाख, बाँडफाड नहुने ३४ करोड ९४ लाख ९६ हजार, संघिय सरकार राजश्व बाँडफाड ९ करोड २५ लाख ९३ हजार १९३ , संघिय सरकार समानीकरण अनुदान १ करोड २६ लाख १० हजार , प्रदेश सरकार राजश्व बाँडफाँड ४ करोड ७४ लाख ८५ हजार ६०९, घर जग्गा रजिष्टेशन ४ करोड , अल्या समेत २ करोड ५० लाख, आन्तरिक स्रोत ४ करोड ४० लाख, विविध स्रोत १७ करोड ९६ लाख ५० हजार, बाँडफाँड योग्य जम्मा ५६ करोड ५३ लाख ३८ हजार ८०२ रहेको छ ।

    नगरसभामा नगरपालिकाको उत्कृष्ट लोगो बनाउने चागु नारायण नगरपालिका वडा नं ५ स्थाई ठेगाना भएका मनोज कुमार सुवाल नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ । पाँचखाल नगरको जेठ १३ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार असार ४ गते भित्र इच्छुक व्यक्ति‚ फर्म ‚ सङ्घ संस्था वा कम्पनीले लोगो डिजाइन गरी नगरपालिकामा बुझाउनु पर्नेछ सो मध्य उत्कृष्टलाई नगद सहित सम्मान गर्ने निर्णय भएको थियो । नगरमा प्राप्त भएका लोगोहरु मध्य सुवालले बनाएको लोगो पाँचखाल नगरको पहिचान झल्कने ढङ्गको रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार