२०८३ श्रावण १८, सोमबार | Mon, 03, Aug, 2026

विवाह गर्न नमानेको भन्दै काभ्रेपलाञ्चोकमा युवतीको हत्या


१०११५ पाठक संख्या
  • २०८२ श्रावण ५, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ९ नयाँ बस्तीमा बस्ने ३३ बषिर्य शर्मिला उप्रेतीको हत्या भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    प्रहरीको अनुसार साउन चार गते (आईतबार) बनेपा नगरपालिका वडा नं १३ स्थित भगवान थुम्की सामुदायिक वनमा चिलाउनेको रुखको फेदमा पहिचान नखुलेको शव फेला परेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोली पुगी अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।

    प्रहरीको अनुसन्धानको क्रममा काभ्रेपलाञ्चोक जिल्ला चौँरीदेउराली गाउँपालिका वडा नं १ ढाँडखर्क स्थाई घर भई हाल बनेपा नगरपालिका वडा नं ९ नयाँबस्तीमा बसोवास गर्दै आएको कमल बहादुर उपे्रतीको छोरी शर्मिला उप्रेती भन्ने खुल्न आएको थियो । शवको अवस्था हेर्दा हत्या गरेको आशङ्कामा प्रहरीले सूक्ष्म ढङ्गबाट अनुसन्धान गरेको थियो ।

    प्रहरी अनुसन्धानको आधारमा रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं १३ घर भई हाल बनेपा १३ बस्ने तीले कामीको छोरा वर्ष ३७ को सन्तोष सुनुवारलाई पक्राउगरी अनुसन्धान गर्दा मृतक उपे्रतीसंग दुई बर्षदेखी रिलेसनसिपमा बसेको र विवाह गरौँ भन्दा आलटाल गरेकोले साथै आफूलाई छोडेर अन्त अरुसँग लागेको आशङ्कामा हत्या गरेको प्रहरी समक्ष बयान दिएको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार