काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको वेथानचोक गाउंपालिका वडा नं ५ बस्ने सेतेमान भ्लोनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको अनुसार आज (मंगलवार) विहान ०८ः३० बजेको समयमा ६० बर्षिय सेतेमान बेथानचोक गाउंपालिका वडा नं ३ गोर्खाली टोल स्थित डेरीमा दुध लिएर जाने क्रममा बाटोमा लडी गम्भिर घाईते भएका थिए ।
टाउकोमा गम्भिर चोट लागि लागेकोले उपचारको लागि तत्काल काठमाडौ ट्रमा सेन्टर अस्पताल लगेको थियो । उपचारको क्रममा आज विहान १०ः४० बजे डाक्टरले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस