काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा दाहाल सहित तीन दिदिवहिनी भएर आफ्नो स्वर्गिय ९१ बर्षिय बुवा हरिप्रसाद सापकोटाकोे किरिया गर्नुभएको छ । बसेकी छिन् ।
स्व.दाहालको ५ छोरीहरु रहेको र छोरा नभएकोले ५ छोरी मध्य जेठी छोरी सुन्तली र माइली कमला अस्वस्थ भएकोले अन्य तीन छोरी भएर बुवाको किराया गरेको हो । ५ मध्य तीन छोरीहरुमा बनेपा नगरको उपप्रमुख बिमला सापकोटा (दाहाल), निर्मला बुद्धिजीवी परिषद् एमाले काभ्रेको जिल्ला कोषाध्यक्ष र राधिका नेकपा एमाले धादिङकी उपसचिवको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
बुवाको किरिया गर्दै गर्दा छिमेकी तथा दाजुभाइले बहिष्कार गरेको उपप्रमुख सापकोटा समेतले बताउनु भयो । सोहि विषयलाई लिएर उपप्रमुख सापकोटाले आफ्नो सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ—सानैदेखि सहँदै आएको विभेद र तिरस्कार विरुद्ध अडान कायमै रहेको छ ।
‘सानैमा आमाको मृत्यु भयो आमा र बुवा दुवैको माया र अभिभावकत्व दिएर आजको अवस्थासम्म आउने वातावरण सिर्जना गरिदिनुभयो’ ‘छोरा नभएको कारण यो समाजको धेरै भनाइ र तिरस्कार त जिउँदो छँदा धेरै भोग्नुभयो । मृत्युपश्चात् पनि तपाईंको काजकिरियाको सवालमा यो समाजले ठूलै बहस चलायो । तर सानैदेखि विभेद र तिरस्कार सहेका हामी आफ्नो अडानदेखि एकरत्ति डगमगाएका छैनौं ।’ सामाजिक संजालमा उल्लेख भएको छ ।
छरछिमेकमा आफूहरू विरुद्धमा भएको बहिष्कारका छलफलहरू तुरुन्तै रोक्न पर्छ ‘हामीले अरू कसैको वंशमा दक्खल गरेका छैनौं,’ ‘हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौं ।’ उपप्रमुख सापकोटाले लेख्नुभएको छ । अबको १३ दिन बुवाको घरमा बसेर काजकिरिया सक्ने र त्यसपछि सधैंका लागि माइतीको ढोका बन्द गरेर फर्कने छौं । केही नजिकका दाजुभाइहरू ढिकुरो बनाउन समेत नगएर बहिष्कार जस्तै गरेको तर अन्य केही दाजुभाइले भने साथ दिइरहेको स्थानीयहरुको भनाई रहेको छ ।
यसै विषयलाई लिएर कानुन विद एवं समाजसेवी प्रदिप सापकोटले आफ्नो समाजिक सञ्जाल मार्फत आफ्नो धारणा व्यक्त गर्दै लेख्नुभयो —सामाजिक सद्भावमा कसैले खलल पार्नु राम्रो होइन् । नीतिशास्त्र धार्मिक परम्परा र संस्कारहरु समयानुकुल परिमार्जन र पविर्तन हुँदै जानुपर्दछ । चलन चलाए चल्छ । नचलाए चल्दैन् । आफ्ना व्यक्तिगत र पारीवारिक अधिकारको अरुले सम्मान गर्नु राम्रो हो । जसलाई सहज लाग्दैन्,त्यो परिवेशमा नछिर्दा घाटा हुँदैन् । जसलाई राम्रो लाग्छ । उ छिर्छ,लाग्छ । यस्तै लाग्छ मलाई । सबैको आआफ्नो बुझाई ।
मेरो भोगाइ छ मैले विष्टकी छोरी बिहा गर्दा समाजमा म प्रति कति अप्राकृतिक विभेद गरिएको थियो । नजाँनिदो पारामा म वहिष्कृत जस्तो थिएँ । समयसँगै सबै सामान्य हुँदै गयो । आज दिदी बहिनीहरुले आफ्ना पिताजीको काजकिरिया गर्न चाहे । यो कदम अलिक हाम्रा सामाजिक मूल्यमान्यता,संस्कार र प्रचलनहरुमा नयाँ जस्तो लागेर समाजमा यो गतिविधि प्रति पनि त्यस्तै धारणा आउनुलाई मैले अस्वभाविक मानिन् । चलन भनेको चलाएपछि चल्छ । मलाई त्यस्तै लाग्छ । उहाँहरु किरिया बसि त सक्नु भो । समय क्रममा यो कुरा पनि सहि पुष्टि हुनसक्छ । विद्रोह र परिवर्तनको कुनै शास्वत नियम हुँदैन् । कसै न कसैले नगरेसम्म चलन चल्ने पनि होइन् । यो दिदी बहिनीहरुको कदमलाई सकारात्मक रुपमा लिनु नै उपयुक्त लाग्छ ।
बास्तवमै मध्ययुगीन सामन्तवादी समाजदेखि छोरीमाथि पितृसत्ताले शोषण गरि आएको छ । यसलाई मूल बैदिक शास्त्रको अनेकानेन व्याख्या र अपव्याख्याका मानक प्रयोग गरि अझै कमजोर बनाउने यत्न गरिएका नेपाली हिन्दु परम्परामा उदाहरण थुप्रै पाउन सकिन्छ । यसैले विभिन्न धर्महरुले सहजै प्रश्रय पाउने परिस्थिति सृजना बन्न सकेको हो ।
यसैले यी धर्मशास्त्रहरुमा पुर्नलेखन वा समय सापेक्षतामा अथ्र्याएर वर्तमान आधुनिक युगमा समानताको हकलाई पूर्णरुपेण शास्त्रहरुले कायम गरिदिनु बुद्धिमानी हुन्छ । यसतर्फ बौद्धिक वर्गहरुले कलम चलाउन पर्छ । यो विषयको व्यापक र घनिभूत बहस चल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस