काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ केन्द्रिय कार्यालय रहि काभ्रेपलाञ्चोक जिल्लाभर कार्य क्षेत्र रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाको १९ वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
आइतबार सम्पन्न साधारण सभाको उद्घाटन गर्दै पाँचखाल नगरपालिका प्रमुख (मेयर) महेश खरेलले युवाहरूलाई विदेश पलाएनबाट रोक्ने काम सहकारीले गर्नुपर्ने बताउनु भयो । पाँचखालमा रहेका सहकारीले युवा लक्षित विभिन्न आयमूलक कार्यहरू गरेर स्वरोजगार बनाउदै स्वदेशमै युवालाई सहज ढङ्गबाट बस्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले पाँचखाल र आसपासको क्षेत्रमा निकै राम्रो ढङ्गको कार्य गर्दै उत्कृष्ट (अव्वल) सहकारीको भूमिका निर्वाह गर्नसकेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थासँग सामाजिक उत्तरदायित्वको काम गर्दा सहकार्य गरेर अगाडि बढ्न सकिने बताउनु भयो ।
पाँचखाल नगरमा सञ्चालन भएका सहकारीहरू मध्य २/३ वटा सहकारीमा केही समस्या आएको छ सो समाधानको लागि पहल भएको छ । अन्य सहकारीहरू सहज र उत्कृष्ट ढङ्गबाट कार्य गर्दै आएको छ । आर्थिक विकास स्थापनादेखि हाल सम्म गर्दै आएको कार्य निकै राम्रो अनि अव्बल छ । राम्रो सेवा सुविधा दिएर कर्मचारीको व्यवस्था गर्दै रोजगारीको सृजना गरेको छ । नचाहिने काम गर्न जति सजिलो हुन्छ राम्रो काम गर्न त्यति नै गारो हुन्छ । निकै मेहनतका साथ राम्रो कार्य गर्दै अगाडि बढेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले हालै गर्दै आएको राम्रा कार्य निरन्तरता गर्दै नगरवासीको हितमा निरन्तर लाग्नुपर्ने छ । मेयर खरेलले भन्नुभयो ।
कार्यक्रमको विशेष अतिथि पाँचखाल नगरको उपप्रमुख सूर्य माया दनुवारले पाँचखालमा दर्ता भएका सहकारीहरू मध्य अव्बल ढङ्गबाट आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा आएको बताउनु भयो । शेयर सदस्यहरूले गरेको बचतको सुरक्षा गर्नु सहकारिको कर्तव्य हो । उचित ढङ्गबाट सुरक्षित गर्दै सबै शेयर सदस्यहरूलाई पक्षपात रहित ढङ्गबाट समान प्रकारले सेवा दिनुपर्ने बताउनु भयो । उहाँले थप्नुभयो —स्वास्थ्य सेवा अन्तरगत शेयर सदस्यहरूले पाउने सुविधामा पक्षपाती व्यवहार भएको हो कि भनेर आशङ्का व्यक्त गर्नुभयो । सबै शेयर सदस्यलाई संस्थाले कुन कुन सुविधा दिन्छ र सो सुविधा प्राप्त गर्न के के गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनुपर्ने बताउनु भयो । हाल पाँचखालमा मात्रै उत्कृष्ट सेवा दिँदै आएकोमा खुसी व्यक्त गर्दै क्रमश जिल्ला हुँदै मुलुकमै उत्कृष्ट ढङ्गको सेवा प्रदान गर्ने तरिकाले अगाडि बढ्न सुझाव दिनुभयो ।
त्यसैगरी विशेष अतिथि जिल्ला समन्वय समिति काभ्रेको प्रवक्ता अप्सरा ढुंगाना सिपखानले संस्था स्थापना को उद्देश्यको वारेमा जानकारी गराउनु भएको थियो । उहााले भन्नुभयो निकै जोखिमको समएमा पाँचखाल र आसपासका स्थानियहरुको आर्थिक कारोवारमा सहज साथै सामाजिक उत्तरदायित्वको लागि प्रमुख उद्देश्यले सञ्चालनमा आएको सहकारीले आफ्नो उद्देश्यअनुसार । निरन्तर रुपमा अगाडि बडेको धारणा राख्नुभयो ।
संस्थाको सचिव राम प्रसाद कोइरालाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाँचखाल वडा नं ४ को वडा अध्यक्ष सुन्दर तामाङ‚ संस्थाको संस्थापक अध्यक्ष इस्वरी राज कुमार मैनाली ‚ नि—वर्तमान अध्यक्ष एवं सल्लाहकार सरोज सापकोटा ‚ स्वेच्छा वचत तथा ऋण सहकारी संस्थाको संञ्चालक समिति सदस्य रजनी श्रेष्ठ ‚ पाँचखाल भ्यालि वहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष केदार प्रसाद लुईटेल लगायतका बक्ताहरुले शुभकाामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको उपाध्यक्ष जान्दवी अधिकारी द्वारा स्वागत मनतव्य राखि सुरुभएको उक्त कार्यक्रममा संस्थाको अध्यक्ष बाबुकाजी पराजुलीले बाषिर्क प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थाको सचिव राम प्रसाद कोईरालाले प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको कोषाध्यक्ष दामोदर दुलालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षण समितिका संयोजक बद्री प्रसाद आचार्यले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
११३४० जना शेयर सदस्य ४३१९ वाल बचत कर्ता रहेको संस्थामा शेयर पुजी १० करोड २० लाख २५ हजार ‚ बचत निक्षेप ८३ करोड तीन लाख ४४ हजार ८९८ ‚ विभिन्न कोषहरु १२ करोड ८० लाख ४ हजार ८२३ रहेको छ भने संस्थाको वासलात १ अर्व २२ करोड ६० लाख ७७ हजार ४०५ रहेको छ । संस्थाले आफ्नो १९ औं बाषिर्क साधारण सभाको अवसरमा आर्थिक विकास अवार्ड बाट १ जना ‚ आर्थिक विकास उदयमान व्यवसायि बाट १ जना ‚ उत्कृष्ट कर्मचारी १ जना ‚ उत्कृष्ट सुझावकर्ता १ जना ‚ अशल वचत कर्ता ६ जना र असल ऋणी ६ जना ‚ उत्कृष्ट बाल वचतकर्ता समेतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस