२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

भक्तपुरको शिव मन्दिरमा ज्वाला उत्पन्न‚ धुप बत्ती बाल्न सलाई लाइटर नचाहिने


१२९७५ पाठक संख्या
  • २०८२ कार्तिक २६, बुधबार मा प्रकाशित ८ महिना अघि
  • भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोट ( मध्यपुर अस्पताल ठिमी बाट २ किलो मिटर दुरी) गौरिनगरमा  रहेको रामेश्वर महादेव मन्दिरको पिठमा दैवी अग्नि (ज्वाला) उत्पन्न भएको छ । मन्दिरको पिठमा रहेको तीन कुने खोपामा कमलकोठीको गुड रहेको छ ‚ सोही गुँडबाट ज्वाला निस्किएको हो ।

    हाल रहेको मन्दिरभन्दा केही पर खानेपानी संस्थानले डिप बोरिङ गरेर पानी निकालेको थियो । केही महिनापछि पानी आउन छाड्यो ‚ पानी सञ्चालनको लागि खानेपानी संस्थानले कार्यालय प्रयोजनको लागि सामान्य भवन बनाएको थियो ।
    पानी आउन छाडेपछि सो कार्यालय भवन स्थानीयलाई २०८० मा हस्तान्तरण गरियो । स्थानीयले सो भवनलाई गौरिनगर सामुदायिक टोल सुधार समुहको नामबाट सञ्चालनमा ल्याए ।

    टोल सुधार समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार २०७३ सालमा टोल सुधार समिति दर्ता गरेर सञ्चालनमा ल्याएका थियौँ । खानेपानीले आफ्नो कार्यालय स्थानीयलाई हस्तान्तरण गरेपछि समितिको कार्यालय सोही ठाउँमा स्थापना गरियो । सुधार समितिले आफ्नो कार्यालयको हातामा मन्दिर राख्ने सोच अनुसार २०८१ साल मंसिर ३ गते सोमबारको दिन जमिनमुनि ५ वटा घडा राखेर पुरिएको  छ‚ साथै सो स्थानमा मजबुत ढङ्गबाट ढलान गरेको र सो ढलान माथि चौको आकारको बनाएर रामेश्वर महादेवको स्थापना गरियो ।

    मन्दिर स्थापना गरेको १ वर्ष समेत पुग्न नपाउँदै २०८२ साल साउन २६ गते सोमबार मन्दिरको पिठमा ज्वाला उत्पन्न भएको पाइयो । मन्दिरको पिठमा ज्वाला देख्ने पहिलो व्यक्ति खिलाराज पोखरेल भन्नुहुन्छ—साउनको सोमबारमा शिवको मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या बडी हुनु स्वभाविकै हो ‚ मन्दिरमा भक्तजनले चडाएको भेटीको व्यवस्थापनको लागि शिवलिङ्ग रहेको ठाउँबाट भेटी उठाउने र सफाइ गर्ने क्रममा हल्का पोलेको अनुभव भयो र नियाल्दा खोपामा रहेको कमलकोठिको गुडबाट तातो आएको पाएपछि छरछिमेकीलाई भनेर राम्रोसँग हेर्दा ज्वाला भएको पाइयो । हाल मन्दिरमा आउने भक्तजनहरूले सोही ज्वालाबाट धुप बत्ति बाल्ने गरेको छ ।

    मन्दिरमा ज्वाला उत्पन्न भएको विषयमा सम्बन्धित वडाका वडा अध्यक्ष लक्षुराम न्यौपाने भन्नुहुन्छ—रामेश्वर महादेव मन्दिरमा ज्वाला आएको देखेपछि अनुसन्धान प्रकृया अगाडि बढायौँ । पुरातत्वबाट आएको टोलीले पनि कुनै आधिकारिक निर्णय दिन सकेन । मन्दिर निरीक्षण गर्न नेपालका प्रथम जगतगुरु अनन्त श्री विभुषित बाल सन्त देवाचार्य महाराजको पनि उपस्थित रह्यो । मंन्दिरको संरक्षण कार्यको लागि तत्काललाई सानु भवन बनाउने तयारिमा रहेकोछ । प्रविधिकहरुबाट नक्सा बनाई सकेकोछ ‚ तत्कालै संरक्षण गर्छौ । वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार