२०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

जयशंकरसँग प्रधानमन्त्री शाहको २५ मिनेट वार्ता


८४७ पाठक संख्या
  • २०८३ मंसिर ६, आईतबार मा प्रकाशित ७ घण्टा अघि
  • नयाँ दिल्ली, ६ मंसिर । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग २५ मिनेट भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताज महलमा भएको भेटवार्तामा दुवैबीच कुराकानी भएको हो ।

    प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न भारतीय विदेशमन्त्री जयशंकर केहीबेरअघि होटल पुगेका थिए । भेटवार्ता सम्पन्न भएसँगै प्रधानमन्त्रीको आजको औपचारिक कार्यक्रम लगभग सकिएको छ ।

    जयशंकरसँगको भेटलगत्तै आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रम आयोजना गरिएको छ । त्यसबाहेक प्रधानमन्त्री शाहको आजका लागि अन्य कार्यक्रम तय गरिएको छैन ।

    प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।

    त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी भएको छ । प्रधानमन्त्रीको भ्रमणलाई सरकारी तथा निजी क्षेत्रबीचको सम्बन्ध विस्तार र आर्थिक सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑