२०८३ मंसिर ७, सोमबार | Mon, 23, Nov, 2026

मोदीसँग वार्ता र मुर्मूसँग भेटपछि आजै काठमाडौं फर्कँदै प्रधानमन्त्री शाह


६६७ पाठक संख्या
  • २०८३ मंसिर ७, सोमबार मा प्रकाशित ६ घण्टा अघि
  • काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज भ्रमणको दोस्रो तथा अन्तिम दिन विभिन्न उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रममा सहभागी हुँदैछन् ।

    भ्रमणको अन्तिम दिन प्रधानमन्त्री शाहले आज बिहान १० बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजना हुने औपचारिक स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ । त्यसपछि बिहान ११ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः३० बजे नेपाल र भारतबीच भएका समझदारीपत्र (एमओयू) तथा प्रेस विज्ञप्तिलगायतका दस्तावेज आदानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

    त्यस्तै, दिउँसो ३ः३० बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । उच्चस्तरीय भेटवार्ता तथा भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह आजै साँझ ५ बजे काठमाडौं फर्कने कार्यतालिका रहेको छ ।

    प्रधानमन्त्री शाहको भारत भ्रमण प्रधानमन्त्री पद सम्हालेपछिको पहिलो औपचारिक विदेश भ्रमण हो । यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहकार्य र आगामी साझेदारीका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑