२०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन


८८५ पाठक संख्या
  • २०८३ अषाढ २७, शनिबार मा प्रकाशित ५ घण्टा अघि
  • काठमाडौं, २७ असार । काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारकै क्रममा निधन भएको छ।

    प्रहरीका अनुसार आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्‍याइएको थियो। अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहे पनि उनको केहीबेरअघि मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

    प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।

    आत्मदाहको प्रयास गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार