२०८३ कार्तिक २१, शनिबार | Sat, 07, Nov, 2026

जुवा खेल्ने अखडा भेटियो, ६ जना पक्राउ; साढे ३ लाख रुपैयाँ बरामद


३८३५ पाठक संख्या
  • २०८३ कार्तिक २१, शनिबार मा प्रकाशित ४ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–९ सुनथानमा जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद ३ लाख ४५ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार कात्तिक २१ गते बिहान करिब १२:१५ बजे पनौती नगरपालिका–९ सुनथानस्थित सुरेश कुमार श्रेष्ठको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

    प्रहरीले श्रेष्ठको घरमा छापा मार्दा तास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा घरधनी ४१ वर्षीय सुरेश कुमार श्रेष्ठसहित सोही स्थानका ४१ वर्षीय लक्ष्मण सुनुवार, ३५ वर्षीय सुशील राई र ३३ वर्षीय चन्द्र कार्की रहेका छन् ।

    त्यसैगरी पनौती नगरपालिका–५ का ४८ वर्षीय नातिराम केसी र भक्तपुरको सूर्यविनायक नगरपालिका–२ का ५५ वर्षीय मनोज बानियाँ पनि पक्राउ परेका छन् ।

    प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिएको तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।

    पक्राउ परेका छ जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जारी गरेको प्रेस नोटअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑