२०८३ कार्तिक १७, मंगलबार | Tue, 03, Nov, 2026

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, विदेशी नागरिकको मृत्यु, एक घाइते


१९६३ पाठक संख्या
  • २०८३ कार्तिक १७, मंगलबार मा प्रकाशित ७ घण्टा अघि
  • १७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो । दुर्घटनामा परी अर्का एक जना घाइते भएका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका हुन् । अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएपछि दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले घटनाबारे थप विवरण संकलन भइरहेको जानकारी दिएका छन् । दुर्घटनाको विस्तृत कारण, घाइतेको अवस्था तथा क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑