२०८३ कार्तिक २१, शनिबार | Sat, 07, Nov, 2026

आज कात्तिक २१ गते शनिबार राशिफल


७२१ पाठक संख्या
  • २०८३ कार्तिक २१, शनिबार मा प्रकाशित १५ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    दिन राम्रो छ। लगानीबाट नाफा हुनेछ। परिवारले भन्दा बाहिरका व्यक्तिले सम्मान गर्नेछन्। शिक्षामा सुधारका संकेत देखिने छन्। शत्रु बढ्ने भएकाले सचेत हुनुपर्ने दिन छ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले समस्या हुनेछ। शिक्षा र राजनीतिमा गरेको प्रयास सफल बन्नेछ। गोपनीयता सुरक्षित गर्नु उचित हुन्छ। आज विवादमा नफस्नु राम्रो हुन्छ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    शुभ दिन परेको छ । आम्दानी बढ्नेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने योग छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन राम्रो छ। कृषिको व्यापारबाट नाफा हुनेछ। आम्दानी हुनेछ । प्रेम सम्बन्ध बलियो हुनेछ । पारिवारिक मेलमिलाप हुने भएकाले मनमा खुसी मिल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले गुम्न लागेको धन फिर्ता हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यकता छ। राजनीतिमा विपक्षीको घेराबन्दी हुनेछ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन राम्रो छ । आम्दानी बढ्दा मनमा उत्साह थपिनेछ । आफन्तको साथ मिल्ने योग छ । श्रमको मूल्य प्राप्त हुनेछ । शिक्षामा प्रगति होला । संकट टर्ने योग छ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    शुभग्रहको बहुमत रहेकाले सोचेको काम बन्नेछ। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तर खर्च बढ्ने योग परेको छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    व्यापारमा फाइदा हुने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ । पुराना साथीभाईसँगको भेटले मन प्रशन्न बन्नेछ। मानसम्मान प्राप्त हुनेछ। गुरुको साथ र सहयोगका लगि थप नम्रताको खाँचो छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा सुखद् यात्रा हुनेछ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। विपक्षी साथीसँग सहकार्य हुनेछ। व्यापारमा लगानीको हिम्मत गर्नु उचित हुन्छ। आफ्नो कामले मनमा शान्ति मिल्ने योग छ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    यात्रामा सचेत बन्नुपर्ने दिन छ । नयाँ साथीसँगको भेटले दीर्घकालीन योजना बन्नेछन्। दाम्पत्य जीवनमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आम्दानी बढ्ने योग छ । सानो कुराले मनमा खुसी मिल्नेछ । शिक्षा र रोजगारीका क्षेत्रमा तपाईंका ग्रह बलवान छन्। नयाँ रोजगारीको लागि प्रस्ताव आउनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑