२०८३ कार्तिक १७, मंगलबार | Tue, 03, Nov, 2026

सार्वजनिक खरिद प्रणालीमा नयाँ फड्को : सुरक्षित ईजीपी सञ्चालनमा


६१३ पाठक संख्या
  • २०८३ कार्तिक १७, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • काठमाडौँ । सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले विद्युतीय खरिद प्रणाली (ईजीपी) को नयाँ संस्करण सञ्चालनमा आएको छ ।

    मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विश्वबाबु पुडासैनीले नयाँ संस्करणको ईजीपी प्रणाली उद्घाटन गर्दै औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् ।

    नयाँ प्रणाली सञ्चालनमा आएसँगै सार्वजनिक खरिद प्रक्रियालाई थप प्रभावकारी, सहज र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ । प्रविधिको प्रयोगमार्फत सार्वजनिक खरिदमा पारदर्शिता कायम गर्दै अनियमितता न्यूनीकरण गर्न नयाँ प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

    सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामप्रसाद आचार्यले ईजीपी प्रणालीको नयाँ संस्करण सुरक्षित रहेको दाबी गरेका छन् । उनका अनुसार नयाँ प्रणालीमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ ।

    सरकारी निकायबाट हुने खरिद प्रक्रियालाई डिजिटल माध्यमबाट सञ्चालन गर्दै सेवा प्रवाहमा सुधार ल्याउने तथा सार्वजनिक खरिद प्रणालीलाई थप विश्वसनीय बनाउने लक्ष्यसहित नयाँ संस्करण कार्यान्वयनमा ल्याइएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑