२०८३ कार्तिक १९, बिहिबार | Thu, 05, Nov, 2026

कार्कीको रिट सर्वोच्चमा रोकियो, न्यायिक निरूपण तिहारपछि मात्रै


९१९ पाठक संख्या
  • २०८३ कार्तिक १९, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • ९ कात्तिक, काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबी गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गर्न खोजेको रिट निवेदनको प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने भएको छ ।

    कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरे पनि दर्ता हुन सकेन । सर्वोच्च अदालतका कर्मचारीले कार्कीका कानुन व्यवसायीलाई निवेदन अध्ययनकै क्रममा रहेकाले बिहीबार दर्ता गर्न नसकिएको जानकारी दिएका छन् ।

    सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको भोलिपल्ट प्रारम्भिक सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ । तर, शुक्रबार मात्रै निवेदन दर्ता भएमा त्यसको भोलिपल्टदेखि तिहार बिदा सुरु हुने भएकाले तत्काल सुनुवाइको सम्भावना टरेको हो । यससँगै कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ तिहार बिदा सकिएपछि मात्रै हुने देखिएको छ ।

    सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ । सरकारको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन् ।

    यद्यपि, कार्कीले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र बुझिसकेका छैनन् । सरकारको निर्णयविरुद्ध उनले अघि बढाएको कानुनी प्रक्रियाले अब सर्वोच्च अदालतमा प्रवेश पाएपछि उक्त निर्णयको वैधानिकतामाथि न्यायिक परीक्षण हुने अपेक्षा गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑