२०८३ कार्तिक २३, सोमबार | Mon, 09, Nov, 2026

पाँचखालको सार्वजनिक प्रतीक्षालयमै जुवा, ११ जना प्रहरी नियन्त्रणमा


४६४५ पाठक संख्या
  • २०८३ कार्तिक २३, सोमबार मा प्रकाशित ६ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेको पाँचखाल नगरपालिका–७, शिखरपुर श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।

    आइतबार राति सार्वजनिक प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४७ वर्षीय सुवास दनुवारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो।

    प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकाहरूको साथबाट नगद ६१ हजार ५ सय ९० रुपैयाँ, १६ थान कौडा र एक बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑