२०८३ कार्तिक २३, सोमबार | Mon, 09, Nov, 2026

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु


७९७५ पाठक संख्या
  • २०८३ कार्तिक २३, सोमबार मा प्रकाशित ६ घण्टा अघि
  • २३ कात्तिक, काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    सोमबार बिहान १०ः५५ बजे बा.९९ प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ मा बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङसहित तीन जनाको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका विदुर नगरपालिका–१३ की ३१ वर्षीया विन्दा थापामगर र सोही स्थानकी २७ वर्षीया सुनिता थापामगरको पनि उपचारका क्रममा जिल्ला अस्पताल त्रिशूलीमा मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑