२०८३ मंसिर ४, शुक्रबार | Fri, 20, Nov, 2026

प्रधानमन्त्री बालेनको पहिलो भारत भ्रमण मन्त्रिपरिषद्बाट अनुमोदित


८६५ पाठक संख्या
  • २०८३ मंसिर ४, शुक्रबार मा प्रकाशित १३ घण्टा अघि
  • ४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको आसन्न भारतको राजकीय भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारत भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने ।’

    प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि यही मंसिर ६ र ७ गते भारत जाने कार्यक्रम छ । भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै प्रधानमन्त्रीको भारत भ्रमणको तयारीले औपचारिकता पाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑