२०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

राजमार्गमा ढुंगा खस्दा ६१ वर्षीय मोटरसाइकल चालकको मृत्यु


२६४७ पाठक संख्या
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ५ घण्टा अघि
  • चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभूषण यादवका अनुसार मंगलबार दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट अचानक ढुंगा खसेको थियो ।

    अचानक खसेको ढुंगाले लाग्दा मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पुर्‍याइएको थियो ।

    तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी यादवले जानकारी दिए ।राजमार्गको पहाडी क्षेत्रमा माथिबाट ढुंगा खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑