२०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

२१ किलोभन्दा बढी सुनसहित  चिनियाँ पक्राउ


८४२५ पाठक संख्या
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित ४ घण्टा अघि
  • काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालबाट २१ किलो ७५० ग्राम सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई पुर्पक्षका लागि कारागार पठाइएको विमानस्थल भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार प्रशासक धनबहादुर बरुवालले जानकारी दिएका छन्।

    गत असोज २२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठूलो परिमाणको सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको थियो।

    पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, चाउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन रहेका छन्। भन्सार कार्यालयले उनीहरूमाथि आवश्यक अनुसन्धान पूरा गरी भन्सार चोरी पैठारीसम्बन्धी कसुरमा अदालतमा पेस गरेको थियो।

    अदालतले उक्त कसुरमा पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको निमित्त प्रमुख भन्सार प्रशासक बरुवालले बताए। साथै, सुन तस्करीको सम्भावित सञ्जाल, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा थप अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरिएको उनले जानकारी दिए।

    यस प्रकरणमा सुनको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्ति तथा तस्करीको सम्भावित सञ्जाल पहिचान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कोणबाट थप अनुसन्धान गरिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑