२०८३ मंसिर ५, शनिबार | Sat, 21, Nov, 2026

धारिलो हतियार देखाएर मोबाइल लुट्ने गिरोहका तीन सदस्य पक्राउ


२०७१ पाठक संख्या
  • २०८३ मंसिर ५, शनिबार मा प्रकाशित ८ घण्टा अघि
  • ५ मंसिर, काठमाडौं । काठमाडौंको कलंकीमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई पुरुष र एक महिलालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौंको कलंकी बस्ने ३३ वर्षीय राजकुमार श्रेष्ठ, काभ्रे घर भएका २८ वर्षीय सागर तामाङ र कास्की घर भएकी २८ वर्षीया सन्ध्या तामाङ रहेका छन् ।

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१४ कलंकीमा बिहीबार बिहान अपरिचित व्यक्तिहरूले धारिलो हतियार देखाउँदै धाकधम्की दिएर मोबाइल लुटपाट गरेका थिए। लुटपाटपछि फरार रहेका उनीहरूको खोजी तथा घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले तीनै जनालाई कलंकीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑