२०८३ मंसिर ९, बुधबार | Wed, 25, Nov, 2026

आज मङ्सिर ९ गते बुधबारको राशिफल


१३१५ पाठक संख्या
  • २०८३ मंसिर ९, बुधबार मा प्रकाशित ११ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    नयाँ योजना बन्ने दिन छ । गुम्न लागेको धन हात लाग्नेछ । मिष्ठान्न भोजन हुनेछ । पारिवारिक मेलमिलापको योग छ । साथीसँगको सहकार्यमा महत्त्वपूर्ण काम बन्ने छ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    दिन राम्रो छ । शिक्षाको क्षेत्रमा अघि बढ्ने अवसर मिल्नेछ । साथीसँग तर्क गर्नु भन्दा आफ्नो काममा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    सानो कुराले दुःखी बनाउने जोखिम छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट उत्साह मिल्नेछ । पठनपाठनमा जोस र जाँगर बढ्नेछ । परिवारमा मनमुटाव हुने भएकाले तर्क नगर्नु राम्रो हुनेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    दिन सहज छ । बन्धुसँगको सहकार्यमा अगाडि बढ्नु राम्रो हुनेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन खुशी हुनेछ । दान गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ । साथीसँगको सम्बन्ध सामान्य रहनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    दिन राम्रो छ । साथीको साथ लिएर नयाँ कामको सुरुवात गर्दा फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा पेट सम्बन्धी समस्या बढ्नसक्छ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट उन्नति हुनेछ । परिवारमा भने खटपटी बढ्ने जोखिम छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । दाजुभाइबाट असहयोग हुनेछ । नराम्रो खबर सुन्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । भोलिको सफलता सम्झिएर मन खुशी हुनेछ । रोगसँग लड्ने क्षमताको विकास हुनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । विरोधी सक्रिय भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । दाजुभाइको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    दिन राम्रो छ । बोलीका प्रभावले राम्रो काम बन्नेछ । राज्यको तर्फबाट राहत मिल्नेछ । सामाजिक क्षेत्रमा अगाडि बढ्नु फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दिन राम्रो छ । भाग्यको स्थानमा चन्द्रमा पुगेकाले प्रष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । बौद्धिक व्यक्तिको साथ प्राप्त नहुँदा मन दुःखी भए पनि स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    दिन सहज छ । मानसम्मान प्राप्त हुने सम्भावना छ । पुराना साथीको साथ र सहयोग प्राप्त हुनेछ । आम्दानीका स्रोत पहिचान हुँदा मन खुसी हुनेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    खर्च बढ्नेछ । जुनसुकै काममा झन्झट आइपर्न सक्छ । रोगले सताउने जोखिम छ । सामाजिक सेवामा भने तपाईंले अवसर प्राप्त गर्नुहुनेछ । परोपकारको क्षेत्रमा सक्रिय भएमा मन शान्त बन्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    दिन राम्रो छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बिहान उठेर शिवको भजन सुनेमा दिन सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार
    ↑