जुम्ला — झारफुक गरी निको पार्ने भन्दै १४ वर्षीया बालिकामाथि दुर्व्यवहार गरेको आरोपमा जुम्लामा एक जना पक्राउ परेका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिका–१ की अन्दाजी १४ वर्षीया सावित्री रोकायामाथि झारफुकका नाममा दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय ४६ वर्षीय कालीबहादुर रोकायालाई पक्राउ गरेको हो ।
भिडियो भाइरल भएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो । शनिबार प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले आरोपित रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जुम्ला पुर्याएको जनाएको छ ।
बालिकालाई झारफुकमार्फत निको पार्ने भन्दै दुर्व्यवहार गरिएको भनिएको घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस