२०८३ कार्तिक १६, सोमबार | Mon, 02, Nov, 2026

३३ लाख घुसकाण्डमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ


१२०७ पाठक संख्या
  • २०८३ कार्तिक १६, सोमबार मा प्रकाशित ५५ मिनेट अघि
  • काभ्रेपलाञ्चोक । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

    अख्तियारले घिमिरेबाट घुसबापत लिएको ३३ लाख रुपैयाँ बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

    घुस लेनदेन भइरहेको भन्ने विशेष सूचनाका आधारमा अख्तियारको टोलीले सोमबार मध्यपुर थिमी नगरपालिकाको कार्यालयमा छापा मारेको थियो । छापा मार्ने क्रममा घिमिरेलाई नियन्त्रणमा लिनुका साथै विभिन्न कागजातसमेत बरामद गरिएको बताइएको छ ।

    नगरपालिकाको कार्यालयमा अख्तियारले छापा मारेको विषयमा आयोगका प्रवक्ता सुरेश न्यौपानेले पनि पुष्टि गरेका छन् ।

    घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ । घिमिरेले कुन प्रयोजनका लागि र कससँग घुस लेनदेन गरेको भन्ने विषयमा भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ । अख्तियारले घटनासम्बन्धी थप प्रमाण संकलन तथा अनुसन्धान अघि बढाइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑