२०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

तीन दिन चक्रवातको प्रभाव : वर्षा, हावाहुरी र हिमपातको जोखिम


२५७५ पाठक संख्या
  • २०८३ कार्तिक ११, मंगलबार मा प्रकाशित १७ घण्टा अघि
  • काठमाडौँ । बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते तीन दिन उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

    प्राधिकरणले सोमबार सूचना जारी गर्दै चक्रवातको प्रभावका कारण देशका विभिन्न प्रदेशमा चट्याङ, हावाहुरी, वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको हो ।

    प्राधिकरणका अनुसार चक्रवातबाट कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुन सक्नेछन् । ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

    त्यसैगरी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ ।

    चक्रवातको प्रभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत उच्च रहेको प्राधिकरणले जनाएको छ । सम्भावित विपद्का घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ ।

    मौसम प्रतिकूल हुन सक्ने भएकाले सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा अवलोकन गर्न र जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सतर्क रहन आग्रह गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑