२०८३ कार्तिक २८, शनिबार | Sat, 14, Nov, 2026

कांग्रेसको चुनावी तयारी तीव्र : मंसिर १ देखि देशव्यापी ‘हामी तयार छौं’ अभियान


९१९ पाठक संख्या
  • २०८३ कार्तिक २८, शनिबार मा प्रकाशित ९ घण्टा अघि
  • काठमाडौं, २८ कात्तिक । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारी, संगठन सुदृढीकरण र पार्टी रूपान्तरणलाई लक्षित गर्दै मंसिर १ गतेदेखि देशव्यापी रूपमा ‘हामी तयार छौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

    १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयअनुसार मंसिर महिनाभर सञ्चालन हुने अभियान वडा तहसम्म विस्तार गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

    अभियानमार्फत वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य तथा क्षेत्रीय प्रतिनिधिसहित करिब तीन लाख नेता–कार्यकर्तालाई परिचालन गर्ने कांग्रेसको तयारी छ । उम्मेदवार छनोट प्रक्रिया, पार्टीको विधान, महाधिवेशनबाट पारित नीति तथा निर्णय, संगठनात्मक सुधार र स्थानीय निर्वाचनको तयारी अभियानका मुख्य विषय रहनेछन् ।

    त्यस्तै, पार्टीबाट टाढिएका मतदातासँग पुनः सम्बन्ध स्थापित गर्ने, जनताका गुनासा सुन्ने र प्रमुख प्रतिपक्षी दलका रूपमा पार्टीको भूमिका प्रभावकारी बनाउने लक्ष्यसमेत कांग्रेसले लिएको छ ।

    सभापति गगनकुमार थापाले यसअघि नै मंसिर महिनाभर विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । कांग्रेसले अभियानलाई पार्टीको आन्तरिक रूपान्तरणसँगै आगामी स्थानीय निर्वाचनका लागि संगठनलाई वडा तहदेखि नै सक्रिय बनाउने रणनीतिका रूपमा अघि सारेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ↑