२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

बुच्चाकोट बस दुर्घटना : मृतक संख्या ८ पुग्यो, १५ जना घाइते


१६९१ पाठक संख्या
  • २०८३ जेष्ठ २९, शुक्रबार मा प्रकाशित ७ घण्टा अघि
  • काठमाडौं, २९ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। दुर्घटनास्थलमा उद्धार कार्य जारी रहेका बेला बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतक संख्या ८ पुगेको हो।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४ पुरुष र ४ महिला रहेका छन्। मृतकहरूको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

    बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बिहीबार बिहान बीपी राजमार्गअन्तर्गत बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा परी  १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीयवासी, प्रहरी तथा उद्धारकर्मीको सहयोगमा उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको डीएसपी विष्टले जानकारी दिए। प्रहरीले दुर्घटनास्थलमा उद्धार तथा थप खोजी कार्य जारी राखेको छ। मृतकहरूको पहिचान खुलाउने र दुर्घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ।

    प्राप्त जानकारी अनुसार बसमा २४ जना यात्रु रहेका थिए र सो मध्य ८ को मृतयु भएको छ भने १५ जनाको अस्पतालमा उपचार हुदै गरेको नामावली सार्वजनिक भएको छ । एक जनाको विवरण स्पस्ट हुन सकेको छैन ।

    धुलिखेल अस्पतालले उपलब्ध गराएको विरामीहरुको नामावली

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु