१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ। श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गरी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
सर्वोच्चको आदेशसँगै पत्रकार श्रेष्ठलाई निरन्तर हिरासतमा राखेर अनुसन्धान गर्न नपाइने भएको छ। अदालतले कानुनी प्रक्रिया र अनुसन्धानलाई निरन्तरता दिन सकिने भए पनि उनलाई हिरासतमा राखिरहन आवश्यक नरहेको ठहर गरेको हो।
श्रेष्ठको रिहाइको माग गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले उनलाई रिहा गर्न परमादेश जारी गरेको हो।
अदालतको आदेशसँगै पत्रकार श्रेष्ठको हिरासत प्रकरणले नयाँ मोड लिएको छ। सर्वोच्चको आदेशपछि अब उनलाई हाजिरी जमानी वा तारिखमा राखेर सम्बन्धित निकायले अनुसन्धान अघि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस