काठमाडौँ । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित जुराखेतमा दुर्घटना हुँदा न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो जुराखेतमा दुर्घटनामा परेको हो। दुर्घटनामा न्यायाधीश डाँगीसहित उनका पारिवारिक सदस्यहरू घाइते भएको बताइएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्टका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ।
दुर्घटनाको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। स्कार्पियो सडकबाट कसरी दुर्घटनामा पर्यो भन्ने विषयमा थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस